इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष पठान द्वारा सम्मान

सेयर गर्नुहोस

कृष्णनगर, भाद्र, २१मित्र राष्ट भारत सिद्धार्थनगर जिल्लाको बढ्नी एस. एस. बी. का सहायक कमान्डेंट गौरव प्रताप सिंह लाई सम्मान सहित बिदाई गरिएको छ ।गौरव प्रताप सिंह बढ्नी सिद्धार्थनगर बाट अरुणाचल प्रदेश मा सरूवा भएर जाने समयमा उक्त सम्मान र बिदाई गरिएको इण्डो नेपाल सामाजिक मंचका सदस्य वृजेश कुमार गुप्ता ले जानकारी दिए ।इण्डो नेपाल सामाजिक मंचका अध्यक्ष अकरम पठानले उहांको कार्यको सरहना गर्दै उज्जवल भविष्य को कामना गर्दै सफल कार्यकालको शुभकामना दिदै सम्मानित गरेका थिए ।उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष गुरु शरण सिंह (बन्टी सरदार), इण्डो नेपाल सामाजिक मंचका सदस्य प्रितम कशौधन लगायतको उपस्थित रह्यो ।

Facebook Comments Box