२४ घण्टामा २४ बाेरा मटर बरामद

सेयर गर्नुहोस


कृष्णनगर, भदाैं १६ । कृष्णनगर सिमा क्षेत्रमा लकडाउनकाे माैेका छाेपि मटर तस्करहरु सक्रिय हुन थालेका छन ।
कृष्णनगर प्रहरीकाे सक्रियतामा केहिदिन यता निरन्तर मटर तस्करहरुलाई निरुत्साहित पार्न सर्च अभियान नै चलाइएकाे छ । सयाैं कुन्टल बिदेशी मटरका साथै लाेड गर्ने गाडि समेत बरामद गरि भन्सार पठाइएकाे छ तरपनि मटर तस्कारि राेक्न सकिएकाे छैन । अाजै बेलुकीसम्म २४ घण्टाभित्र लगभग २४ बाेरा मटर बरामदगरि भन्सार पठाइएकाे प्रहरी निरिक्षक प्रताप पाैडेल बताउंछन ।त्यसै अाफुसंग जनशक्ति कम छन अर्काे तिर १० जना जवान काेराेना संक्रमित भइ अाइसाेलेसनमा छन तरपनि अवैध मालसमान लगायत मटर तस्करी राेक्न अाफु लागिपरेकाे प्रहरी निरिक्षक पाैडेलकाे भनाई छ।
मटर तस्करहरु कृष्णनगरकाे कुशहवा, बगहि, भिल्मी, डुमाई, लक्ष्मीनगर,सिर्सिहवा ,बेदमऊ, नरैनापुर र ठकुरापुर लगायतका खुला सिमा हुदैं भारत पुर्याउने गरेकाे स्राेतले बताएकाे छ।

Facebook Comments Box