अवैध रुपमा भित्रिदै गरेकाे चांदी पाउजु बरामद
कृष्णनगर, भदाैं १६ । अवैधरुपमा भारतबाट नेपालभित्रिदै गरेकाे चांदीकाे पाउजु कृष्णनगर प्रहरीले सिमाक्षेत्रकाे गाउंबाट बरामद गरेकाे छ।
कृष्णनगर नगरपालिका वडा ४ सिर्सिहवा गाउं हुदै नेपाल भित्रिदै गरेका शंकास्पद दुई जना शिवराज नगरपालिका ५ बस्ने बर्ष २० का अाकाश बर्मा, अानन्द बर्मा र ३२ बर्षीय अाेम बहादुर घर्तिलाई प्रहरी चाैकी सिर्सिहवाका हवल्दार तथा सिमामा खटेकाे सशस्त्र प्रहरीकाे संयुक्त टाेलिले खानतलासी गर्दा कुल २१९ वटा चांदी मिसिएकाे सेताे धातुकाे पाउजु बरामद गरिएकाे इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक प्रताप पाैडेलले बताउनुभयो । पछि ती समान ल्याउन प्रयाेग गरिएकाे बा८च २९५२ नम्बरकाे रिज कारकाे सिट मुनि लुकाइराखेको २० पिस पाउजु र ४ वटा माेबाइल फाेन समेत बरामद गरि कृष्णनगर भन्सार पठाइएकाे प्रहरी निरिक्षक पाैडेलले बताएका छन । फेरि अाजै सिमा क्षेत्रकाे अर्काे नाकाबाटै २५ वटा चांदी पाउजु बरामद गरिएकाे छ। साे अवैध काराेबरमा संलग्न सबैलाई अनुसन्धानका अधारमा अवैध मालसमान अाेसार पाेसार ऐन अनुसार कार्यवाहि अगाडि बढाइने प्रहरी निरिक्षक पाैडेलले जानकारी गराउनुभयाे ।

