तनहुँ र चितवन जोड्ने ठिमुरामा पक्की पुल, राष्ट्रपतिबाट उद्घाटन गराउने तयारी
तनहुँ : तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँ लागतमा पक्की पुल निर्माण भएको छ।
तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने पुल सञ्चालन भइसकेको छ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए ।
राष्ट्रपतिले पुल उद्घाटन गर्ने विषयमा बुधबार तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखको बैठक बस्दैछ।
पुल २०७१ कात्तिक २० गते निर्माण थालिएको थियो ।
Facebook Comments Box
