अागलागि पिडित लाई एकलाख सहयाेग
कृष्णनगर, भदाैं ९ । विजयनगर गाउंपालिकाका अागलागि पिडितलाई एकलाख बराबरकाे राहत हस्तान्तरण गरिएकाे छ।
०७६ चैत्र २१ गते विजयनगर गाउंपालिका वडा १ गुगाैलीमा ७६ बर्षीय काशीराम यादवकाे गाेठबाट सल्केकाे अागाेले पचीस वटा झुपडी घर जलेर नष्ट भई कुल त्रिपन्न लाख पचीस हजार काे नाेक्सानी भएकाे थियाे । साे घटनापछि कृष्णनगर नगरपालिकाले पिडितहरुलाई एकलाख बराबरकाे राहत सामग्री दिने निर्णय गरेकाे थियाे । अहिलेकाे लकडाउन भएकाे समयमा ती अागलागि पिडितहरु सहयाेग स्वरुप एकलाख बराबरकाे राहत सामग्री हस्तान्तरण गरिएकाे नगरप्रमुख रजत प्रताप शाहले बताएका छन ।

Facebook Comments Box
