कृष्णनगरमा सबभन्दा बढी काेराेना टेस्ट
कृष्णनगर, भदाैं ७ । कृष्णनगर नगरपालिकाले समुदाय स्तरमा काेराेना संक्रमण पत्ता लगाउन अरु पालिकाभन्दा बढी टेस्ट गराएकाे छ।
नेपाल-भारत सिमासंग जाेडिएकाे पालिका मध्ये एक कृष्णनगर नगरपालिकाले समुदायस्तरमा काेराेना संक्रमण पत्ता लगाउन हालसम्म कुल ३७६५ टेस्ट गरिएकाे छ। नगरपालिकाले सबै वडामा १९८९ वटा अारडिटी टेस्ट गरेकाे छ भने नगर भित्रकाे कृष्णनगर र बहादुरगंज बजारलाई केन्द्र बनाई अहिलेसम्म ११७४ जनाकाे पिसिअार टेस्ट गरिसकेकाे नगरप्रमख रजत प्रताप शाहले बताउनुभएकाे छ। बैंक कर्मचारी, प्रहरी, शिक्षक लगायत समुदायमा लक्षण देखिएकालाई पिसिअार टेस्ट गरिएकाे थियाे जसमा कुल९८ जना संक्रमित भेटिएपनि अधिकांश दाेस्राे पटक चेक गर्दा निकाे भई फर्किसकेका प्रविधिक प्रदिप चाैधरीले जनाकारी गराएका छन । नया भेटिएका कुल २७ संक्रमितमध्ये केही महेन्द्र मावि कृष्णनगरकाे क्वारेन्टाइनमा छन भने धेरै जसाेलाई हाेम क्वारेन्टाइन बस्न लगाइएकाे छ। हाेम क्वारेन्टाइन बसेका संक्रमित हरुलाई घरमै बस्ने भनिएकाे छ , बहािर निस्केर हिलडुल गर्ने अथवा संक्रमण फैलाउने कार्य देखिएका अावश्यक कार्यवाहि हुने स्वास्थ्य संयाेजक शंकर भट्टराईकाे भनाई छ।

