नेपालले आज हङकङसँग मैत्रिपूर्ण क्रिकेट खेल्ने
काठमाडौं : नेपाल र हङकङले शनिबार मैत्रीपूर्ण क्रिकेट खेल्दैछन्। खेल बिहान हङकङमा सवा ११ बजे शुरु हुनेछ।
नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी-२० आई श्रृङ्खला हुँदैछ। त्यसअघि नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ। यस्तै फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ। फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुनेछ।
नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।
Facebook Comments Box
