आर्थिक मन्दीलाई हटाउन संघर्षरत रहेका चीन चाैबिसका लागि ५ प्रतिशतको वृद्धि लक्ष्य कायम
बेइजिङ । आर्थिक मन्दीको मारलाई खेप्दै संघर्षरत रहेका चिनियाँ सरकारले सन् २०२४ को लागि ५ प्रतिशतको वृद्धि लक्ष्यलाई कायम राखेको छ ।
आर्थिक मन्दी र घट्दै गएको व्यापारिक मनोवृत्तिको सामना गर्दै चीनले बढ्दो बेरोजगारीको चिन्ताको बीचमा एक करोड २० लाख रोजगारी सृजना गर्ने वाचा गर्दै मङ्गलबार यस वर्ष करिब पाँच प्रतिशतको सामान्य वृद्धि लक्ष्य तय गरेको हो ।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले देशको रबर स्ट्याम्प संसदको उदघाटन सत्रमा प्रस्तुत गरेको आफ्नो पहिलो कार्य प्रतिवेदनमा यस वर्ष सहरी क्षेत्रमा १ करोड २० लाख भन्दा बढी रोजगारी सिर्जना गर्ने र सर्वेक्षण गरिएको सहरी बेरोजगारी दर ५.५ प्रतिशतमा राख्ने अपेक्षा गरिएको छ ।
दोस्रो ठूलो अर्थतन्त्रको विकासलाई बलियो बनाउन आवश्यक पहलहरूबारे विचार विमर्श गर्न र कानून बनाउनका लागि चीनका राष्ट्रपति सी जिनपिङ लगायत देशका दुई हजार भन्दा बढी प्रतिनिधिहरूको ग्रेट हल अफ पिपुलमा भएको साताव्यापी एनपीसीको वार्षिक अधिवेशनमा उपस्थितमा उक्त लक्ष्य राखिएको छ । जुन कोभिड–१९ पछिको मन्दीसँगै जारी रह्यो ।
श्रोतः पीटीआई
