राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज
काठमाडौं : राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार बस्ने भएको छ। बैठक दिउँसो १ बजे बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।
बैठक मुलुकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीले गरेको आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माणलगायत विषयमा केन्द्रित हुने उनले जानकारी दिए। संगठन सुदृढीकरण योजना र प्रशिक्षण कार्यक्रमबारे पनि छलफल हुनेछ।
बैठकमा अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्ने छन्। बैठकले जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गर्नेबर्तौलाले बताए।
Facebook Comments Box
