तिलौराकोटमा भेटियो ऐतिहासिक छ्योरतेनको संरचना

सेयर गर्नुहोस
किरणमान बज्राचार्य कपिलवस्तु

कपिलवस्तुको तिलौराकोटमा ऐतिहासिक प्रमाणका रुपमा छ्योरतेन फेला परेको छ। एक महिना अघि पुरातत्त्वविदहरुले तिलौराकोटको पूर्वी बिहार क्षेत्रमा गरेको उत्खननका क्रममा सो ऐतिहासिक र पुरातात्त्विक संरचना भेटिएको हो।

बुद्धमार्गी अनुसार हिनयान र महायानमा पूजाआजा गर्न स्तूपा निर्माण गरे सरह हिमाली बौद्धमार्गीले पूजाआजाका लागि छ्योरतेन निर्माण गर्ने गर्दछन्। सामान्य बोलिचालीको भाषामा तिनलाई माने भन्ने गरिए पनि तिब्बती भाषामा यिनलाई छ्योरतेन भन्ने गरिएको छ।

नेपालको हिमाली क्षेत्रमा हिमाली बौद्धमार्गीहरुले यस्ता छ्योरतेनहरु यत्रतत्र निर्माण गर्ने गरेको छन्। प्राचिन शाक्य गणराज्यको राजधानीशहर तिलौराकोटको पूर्वि बिहार क्षेत्रको उत्खननमा छ्योरतेन भेटिएको पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत राम बहादुर कुवरले बताए।

विगत एक दशक देखि तिलौराकोमटा उत्खनन र अनुसंधानको काम गरिदै आएको छ। यस वर्षको  पनि एक महिना लगाएर  पूर्वि बिहार क्षेत्र र दरबार क्षेत्र भित्र रहेको केन्द्रिय संरचना परिसर थप अनुसन्धानका लागि त्खनन गर्दा सो फेला परेको कुवरले बताए। गत वर्षको उत्खननमा स्तूपा पोस्टहोल, टायल र गजुर भेटिएको थियो।

नेपालको उत्तरी र हिमाी क्षेत्रमा यस्ता छ्योरतेनहरु देखन सकिन्छ। ‘यहाँ छरोतेनहरु भेटिनुले पनि हिमाली क्षेत्रमा बुद्धधर्मको प्रचारप्रसार गर्न यहीबाट बुद्धमार्गीहरु गएको हुन सक्ने देखिन्छ’ कुवरले भने। ‘उत्खननबाट भेटिएको पोस्टहोल, छानोमा प्रयोग गरिएको टायल र गत बर्षको उत्खननमा गजुर भेटिनुले समेत यो नेपालको उत्तरी हिमाली क्षेत्रमा बनाइएको छ्योरतेन जस्तै छानो भएको लुम्बिनी बिकास कोषका पुरातत्व अधिकृत हिमाल उप्रतीले बताए। पुरातत्त्व विभागका प्रमुख पुरातत्त्व अधिकृत भाष्कार ज्ञवालीले उत्खननबाट भेटिएको संंरचनाको यकीन भने भई नसकेको बताए।

उनले रेडियो कर्बन नाप गरेर तिथि निर्धारण गरिने र त्यसको लागि माटोको नमुना परिक्षणकालागि ल्याबमा पठाइएको उनले बताए। पूर्वि विहार क्षेत्रको उत्खननबाट माटाका भाँडाका टुक्राहरु, कोइला, हाड, टायल, तामाकासिक्काहरु भेटिएका छन्।

जापानिज फन्ड ईन ट्रस्टको सहयोगमा पुरात्तव बिभाग, बेलायतको दुर्हम बिश्व बिद्यालय लगायतको बिज्ञ टोलीले तिलौराकोमटा उत्खनन र अनुसंधान गर्दा बिभिन्न संरचना, चादीका सिक्का, माटाका सामाग्रीहरु लगायत फेला परेका थिए। तिलौराकोट बुद्धकालीन समय भन्दा अघि नै ब्यस्थित शहरकारुमा रहेको पाइएको छ।

नेपाल सरकारको तर्फबाट तिलौराकोटलाई सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमापेश गरिएको हो। यूनेस्कोले सन् १९९६ मै ऐतिहासिक पुरातात्विक स्थलतिलौराकोटलाई सम्भावित विश्वसम्पदा सूचीमा राखेको थियो।

Facebook Comments Box