भारतले जम्मु कश्मीरका दुई संगठनमाथि प्रतिबन्ध लगायो
काठमाडाैं |
भारतले जम्मु कश्मीरका दुई संगठनमाथि प्रतिबन्ध लगाएको छ । मुस्लिम सम्मेलन जम्मू र कश्मीर (सुम्जी समूह) र मुस्लिम सम्मेलन जम्मू र कश्मीर (भट समूह)माथि भारत सरकारले बुधबार प्रतिबन्ध लगाएको केन्द्रीय गृहमन्त्री अमित शाहले बताएका छन् ।
‘आतंकवादी नेटवर्कमाथि कडा हमला गर्दै सरकारले मुस्लिम सम्मेलन जम्मू–कश्मीर (सुम्जी समूह) र मुस्लिम सम्मेलन जम्मू–कश्मीर (भाट समूह)लाई गैरकानूनी घोषणा गरेको छ,’ सोसल मिडिया प्लेटफर्म एक्समा उनले लेखेका छन्, ‘यी संस्थाहरू देशको सार्वभौमसत्ता र अखण्डताविरुद्धको गतिविधिमा संलग्न छन् ।’
प्रधानमन्त्री नरेन्द्र मोदीको सरकार आतंकवादलाई जरैबाट उखेल्न प्रतिबद्ध रहेको उनले बताएका छन् ।
Facebook Comments Box
