भारतको विरोधका कारण रोकियो चीनको प्रस्ताव
काठमाडाैं |
भारत र दक्षिण अफ्रिकाको विरोधका कारण चीनको नेतृत्वमा तयार भएको लगानी सम्झौताको प्रस्ताव डब्लुटीओको मन्त्रीस्तरीय सम्मेलनमा छलफल नहुने भएको छ ।
चीनले विश्वका १२३ देशलाई समेटेर लगानी विकाशका लागि सहजीकरण (आईएफडी) नाममा सम्झौता प्रस्ताव तयार गरेको थियो ।
तर बुधबार भारत र दक्षिण अफ्रिकाले डब्ल्यूटीओ फोरममा यो प्रस्ताव व्यापारसँग नभई लगानीसँग सम्बन्धित रहेको भन्दै विरोध गरेको भारतीय सञ्चार माध्यम जागरणले जनाएको छ ।
समाचारमा जनाइएअनुसार कुनै पनि देशले प्रस्तावको विरोध गरेपछि एमसीमा अन्तिम निर्णय हुन सक्दैन ।
चीनको नेतृत्वमा तयार पारिएको प्रस्तावको भारतले पहिलेदेखि नै विरोध गर्दै आएको थियो ।
Facebook Comments Box
