नेपाल र नामिबिया भिड्दै
काठमाडौं : त्रिकोणात्मक टी-ट्वेन्टी आई सिरिजमा आज नेपालले नामिबियासँग खेल्दैछ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा लगातार दुई खेल हारेको नेपाल पहिलो जितको खोजीमा हुनेछ। खेल विहान साढे ११ बजे सुरु हुनेछ।
सिरिजको पहिलो खेलमा नामिबियासँग २० रनले हारेको नेपाल दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भयो।
आईसिसी विश्व क्रिकेट लिग टु का ४ मध्ये १ खेलमात्र जित्दा नेपालको ब्याटिङ कुनै पनि समय खुल्न सकेन। तर ट्वेन्टी ट्वेन्टी सिरिजमा त्यो समस्यामा केही सुधार देखिए पनि फिनिसिङमा चुकिरहेको छ।पछिल्ला ६ मध्ये ३ खेलमा ओपनर कुशल डकआउटको शिकार बन्दा अब नेपालको ओपनिङमै समस्या त आएको होइन भन्ने प्रश्न उठ्न थालेको छ। खेलमा लगातार दुई खेल जितेको नेदरल्याण्ड्स चार अंकका साथ शीर्ष स्थानमा छ। नेपाल अंकविहीन छ भने नामिबियाको दुई अंक रहेको छ। शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ।
