भारतद्धारा नेपाली सेनालाई २ करोड ८० लाख रुपैयाँ वराबरको सहयाेग

सेयर गर्नुहोस

काठमाडौं ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई १० थान भेन्टिलेटर हस्तान्तरण गर्नु भएको छ ।

कोभिड–१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारद्वारा जारी कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७ को कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले भारतद्धारा नेपाली सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ वराबरको उक्त भेन्टिलेटर उपलब्ध गराएको हो ।

प्रधानसेनापति थापाले मित्रराष्ट्र भारतको सहयोग प्रति आभार प्रकट गर्नु भएको थियो ।

Facebook Comments Box