विकासका कामले सिंहदरबार तात्नुपर्ने हो, शिथिल छ : प्रचण्ड

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो संकेत नभएको बताएका छन्।

बिहीबार सिंहदरबारमा सरकारको अर्धवार्षिक समीक्षा गर्दै उनले यस्तो बताएका हुन्। उनले नीति, कार्यक्रम र बजेटबीच तादम्य नमिल्दा परिणाम आउन नसकेको बताए। उनले मन्त्रालयहरू तथा अन्य निकायहरूले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुका अनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु राम्रो नभएको उल्लेख गरे।

उनले यो स्थितित जटिल परिस्थितिको संकेत भएको बताए। राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिएको उनले बताए।

प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महशुस गर्‍यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्ने उनको भनाइ छ। उनले अहिले एकले अर्कालाई कसरी ढाडस दिन र सहयोग गर्न सकिन्छ भन्ने चुनौती रहेको बताए।

‘नीति, कार्यक्रम र बजेटबीच तादात्म्य नमिल्दा परिणाम आइरहेको छैन । मन्त्रालयहरू तथा अन्य निकायहरूले निर्धारित वार्षिक लक्ष्य र सूचकहरुको अनुसार कार्यसम्पादन पूरा गर्नु नपर्ने र राजनीतिक र प्रशासनिक नेतृत्वहरू निर्णय गर्न हिच्किचाउने प्रवृत्ति बढ्दै जानु पक्कै पनि सकारात्मक सन्देशको संकेत होइन । यो निकै नै जटिल परिस्थितिको संकेत हो । यसले हामी राजनैतिक नेतृत्व र प्रशासनिक नेतृत्वको बीचमा पनि एकले अर्कालाई प्रभाव पार्नेगरी नकारात्मक असर गरिरहेको चित्र देखिन्छ।’ प्रचण्डले भने, ’प्रशासनिक नेतृत्व जटिलतामा असुरक्षाको महशुस गर्‍यो भने त्यसको प्रभाव राजनैतिक नेतृत्वमा प्रधानमन्त्री, मन्त्रीलाई पर्छ । राजनीतिक नेतृत्वमा कुनै किसिमको असहजता देखा पर्दा त्यसको प्रभाव प्रशासनमा पर्दछ । यो अन्तरविरोधलाई पनि समयमै चिनेर त्यसलाई हल गर्ने उपाय खोज्नुछ ।

प्रधानमन्त्री दाहालले सिंहदरबार विकास निर्माण, प्रशासन सबै कामले तात्नुपर्नेमा सेलाएको महसुस आफूले गरेको बताए। उनले कामकाजलाई नयाँ गति दिन गरिएको संकल्प पनि दुई महिना नबित्दै शिथिल भएको बताए।

Facebook Comments Box