परराष्ट्र सचिव लम्सालले भेटिन् भारतीय विदेशमन्त्रीलाई
काठमाडौं। परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग शिष्टाचार भेट गरेकी छन्।
त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।
परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा छिन्।
Facebook Comments Box
