कपिलवस्तुमा रांगा तस्करी राेक्न चुनाैती बन्दै
अंकुश श्रीवास्तव
कपिलवस्तु, साउन २५ । कपिलवस्तुमा केही दिन देखि रांगा तस्करी बढेकाले प्रहरीलाई टाउकाे दुखाइ बनेकाे छ ।
काेविड १९ काे संक्रमणले लकडाउनमा खट्नुदेखि लिएर सिमा क्षेत्रबाट हुने अवैध गतिविधिलाई राेक्न प्रहरी दिनरात गस्तीमा व्यस्त छन ,त्यसैकाे माैका छाेपी तस्करहरु भारतबाट अवैधरुपमा रांगा नेपाल भित्र्याएर विभित्र ठाउँ पुर्याउने गरेका छन।
हिजाे राति गाेप्य सुराकीकाे अाधारमाइलाका प्रहरी कार्यालय गणेशपुरका इन्चार्ज मधु नेपालकाे गस्तीटाेली शिवराज नगरपालिका ८ काे जगदिशपुरमा बेवारिसे १२ रांगा र ३ भैंसी बरामद गरेकाे छ । अनुमानित डेढ लाखकाे भन्सार विगाे रहेकाे रांगाहरु गणेशपुर, पत्थरदेइया र बहादुरगंज प्रहरीकाे संयुक्त प्रयासमा राति साढे एघार बजे जगदिशपुर पुल नजिकै बेवारिसे अवस्था फेला परेकाे प्रहरी नायब निरिक्षक धर्मराज भण्डारीले बताउनुभयाे। तस्करहरु नेपाल-भारतकाे खुला सिमानाकाे फाइदा उठाउदै सुरक्षा निकायलाई चुनाैती दिई बिना क्वारेन्टाइन नेपाल भित्रिन्छन तथा बहादुरगंजकाे साेमवरिए बजारबाट पशु अाेसारपाेसार गर्न चाहिने सबै कागजातहरु उपलब्ध गराउने ऐजेन्ट मार्फत साेही राति ट्रकमा लाेड भई काठमाडौं ,बुटवल, पाेखरा लगायतका ठाउंमा जाने गरेका छन। काेराेना संक्रमणले गर्दा गरिएको लकडाउनले केहीदिन गाेरु र रांगा तस्करी सुस्त भएपनि अहिलेफेरि शुरु भएकाले सुरक्षाकर्मीलाई थप चुनाैती बढाएकाे छ।

