जिल्ला ट्राफिक कार्यालय कपिलवस्तु द्वारा लकडाउन उलंघन गर्ने सवारी साधन नियन्त्रणमा
अजय मिश्र, कपिलवस्तु, साउन २३कपिलवस्तु जिल्लामा कोरोना भाइरस समुदाय स्तरमा फैलिन सुरू भए लग्ततै जिल्ला प्रशासन कार्यालय कपिलवस्तु ले आज देखि साउन महिना सम्म सार्वजनिक यातायात का सवारी साधन पूर्ण रूपमा बन्द गर्ने र निजी सवारी साधनहरु जोर विजोर नंबर का आधारमा चलाउन भनेर सुचना जारी गरेको छ ।उक्त सूचना जारी गरे लग्ततै आजै देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु ले उक्त नियम उलंघन गर्ने सवारी साधन लाई नियन्त्रणमा लिएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु ले बताएको छ।(COVID-19) कोरोना भाइरस रोकथाम नियन्त्रणका लागी जारी गरिएको लकडाउनमा लापरवाहीका साथ सार्वजनिक सवारी साधन चलाएका तथा निजी सवारी साधन (आटो, बस, कार) लगायत अन्य जिल्ला भित्र एक ठांउबाट अर्को ठांउमा जादा जोर बिजोर नंबर को पाल्ना न गरेको र लकडाउन लाई पूर्ण रूपमा पाल्ना गराउन सवारी साधन नियन्त्रणमा लिई कार्वाही गर्ने साथै सार्वजनिक सवारी साधनमा यात्री हरू बोकि हिडेको र यात्रु लाई गन्तव्यमा पठाइएको र ति सवारी साधन लाई कानून अनुसार कार्वाही गरि पठाइने जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरूसिंगे, कपिलवस्तु प्रमुख ट्राफिक प्रहरी निरिक्षक टक्कर स्वॉर ले जानकारी दिनुभयो ।

