नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित

सेयर गर्नुहोस

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल पराजित बनेको छ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो। ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रन बनाउन सक्यो।

नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। करण केसीले २६ रन बनाए। त्यस्तै,आरिफ शेखले २२, आसिफ शेख १७,अनिल साह ६, कुशल मल्ल २,रोहित पौडेल १६, गुल्शन झा ५, दिपेन्द्रसिंह ऐरी १ रन बनाउँदै रन आउट भएका हुन्। यस्तै भीम सार्की ८ बल खेल्दै शून्यमा आउट भएका थिए।

यसअघि डच टोली नेपालसँग ९ विकेटले पराजित भएको थियो।

Facebook Comments Box