क्षेत्रिय सहसभापतिमा यादव मनाेनित
कपिलवस्तु ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुले निर्वाचन क्षेत्र ३ को क्षेत्रीय सह सभापतिमा सन्तोष कुमार यादवलाई मनाेनित गरेकाे छ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिति कपिलवस्तुको समायोजन सम्बन्धी बसेको बैठकले यादवलाई सहसभापती पदमा मनोनयन गरेको छ ।
जिल्ला सभापती सुरेन्द्र राज आचार्यले पाटीको सच्चा कार्यकर्ता रुपमा रहेका स्वच्छ छबी भएका सन्तोष कुमार यादवलाई सहसभापती पदमा नियुक्त गरेको बताउनु भयो । उहाले भन्नु भयो क्षेत्रको कार्य समिति विस्तारको क्रममा यादवलाई पाटीको निति नियम निर्देशन अनुसार काम गर्नका लागि नियुक्त गरिएको छ ।
सहसभापती पदमा नियुक्त भएका यादवले पाटीको मुल सिद्धान्तलाई आत्मासात गर्दे अघी बढने विश्वास व्यक्त गर्नु भयो । कपिलवस्तु निर्वाचन क्षेत्र ३ को क्षेत्रीय सह सभापति जस्तो गरिमामय पदमा मनोनयन गर्नु भएकोमा जिल्ला सभापति सुरेन्द्र राज आचार्य, नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा कपिलवस्तु क्षेत्र नं ३ का सांसद अभिषेक प्रताप शाह लगायतलाई धन्यबाद समेत दिनु भयो
