कानाेडिया प्रतिपक्षी कांग्रेसकाे संसदिय दलकाे नेतामा चयन
कपिलवस्तु ,साउन १९ । कपिलवस्तु ३ (ख) बाट निर्वाचित विरेन्द्र कनौडियालाई प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलको नेतामा चयन भएका छन् ।
बुटवलमा बसेको पार्टी संसदीय दलको वैठकले सर्वसम्मत रुपमा कपिलवस्तु ३ (ख) बाट निर्वाचित कनौडियालाई प्रदेश ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया निर्विरोध चयन गरेका छन् ।

कनौडियालाई पार्टी संसदीय दलको नेतामा प्रमुख सचेतक सुरेन्द्र हमालले प्रस्ताव र लेखा समितिका सभापतिसमेत रहेका सांसद डिल्ली चौधरीले समर्थन गरेका थिए ।
संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको गत माघ ८ गते क्यान्सरका कारण मृत्यु भएपछि कनौडिया कार्यवाहक नेता बनेका थिए । कनौडिया २०५८ सालमा जलस्रोत सहायक मन्त्री भएका थिए ।
दलको नेता चयन भएपछि प्रतिक्रिया दिंदै कनौडियालेप्रदेश सभामा विपक्षी दलको भूमिका कमजोर र प्रभावहीन रहेको भन्दै स्वयं कांग्रेस नेता र कार्यकर्ताहरुले आलोचना गर्दै आइरहेका छन्
