माहुरीहाेमद्वारा छ सय घरपरिवारलाई राहत वितरण

कपिलवस्तु , साउन १८ । स्थानिय तह लगायत अन्य संघसंस्थाकाे अांखा नपरेकाे छ सय घरपरिवारलाई माहुरिहाेमले राहत वितरण गरिएको छ ।
मधेश मानव अधिकार गृह(माहुरी हाेम), अाेएसएफ,भिएसवाे र इन्टरनेशनल अलर्टकाे संयुक्त सहकार्यमा सहज परियाेजना अन्तर्गत प्रदेश नम्बर ५ का आठ जिल्ला मध्ये कार्यक्षेत्र कपिलवस्तुका पालिकाहरु कृष्णनगर, कपिलवस्तु, महराजगंज, बुद्धभुमि, यशोधरा,शुद्धोधन र रूपन्देही जिल्लाका पालिकाहरु लुम्बिनी सांस्कृतिक, मायादेवी , कोटहीमाई, मर्चवारीका अति बिपन्न एकल महिला, अपांग, योनिक तथा लैगिक अल्पसंख्यक, नटुआ समुदाय लगायतका कुल छ सय घरपरिवारलाई राहत वितरण गरिएकाे हाे । शुरुमा माहुरी हाेमका कर्मचारीहरुले तलबबाट राहत खरिद गर्ने याेजना बनाएकाे र पछि इन्टरनेशनल अलर्टका कर्मचारी साथीहरु पनि समावेश भई रकम जुटाइयाे ।त्यसपछि याेजनावद्ध तरिकाले राहत खरिद गरि वितरण शुरु गरिएकाे माहुरी हाेमका अध्यक्ष रवि ठाकुरले बताउनुभयाे । स्थानीय तह र अन्यसंघसंस्थाहरु नपुगेका लगभग छ सय घरपरिवारलाई चामल , दाल, तेल, नुन, साबुन लगायतका राहत सामग्री बितरण गरिएकाे अध्यक्ष ठाकुरले बताए ।
