पर्सापछि कपिलवस्तुमा काेराेना संक्रमित एक्कासी बढे

सेयर गर्नुहोस


साउन १३ ,
कपिलवस्तु ।
पर्सापछि कपिलवस्तुमा पनि समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलन शुरु भएको छ ।
मंगलबार बिहान नमूना स्वाब परीक्षण रिर्पोटअनुसार जिल्लामा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये २८ जना पुरुष र ६ जना महिला शिवराजनगरपालिकाका स्थानीय रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। पुष्टि भएका संक्रमितमध्ये १३ जना समुदायमा रहेका व्यक्ति र २१ जना वैदेशिक रोजगारीबाट घर फर्किएका हुन् । संक्रमित ३४ जनामध्ये १२ जना भारत, ४ जना दुबई, २ जना साउदी अरेबिया र ३ जना कतारबाट आएका हुन् ।

समुदायमा रहेका संक्रमित १३ जनामध्ये शिक्षक, वडाअध्यक्ष, वडा सचिव, विद्यार्थी लगायत छन् । सबै संकलित स्वाब नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गरिएका हुन् ।

जिल्लामा कोरोना संक्रमितको संख्या ७ सय ९६ जना पुगेको छ । कोरोना संक्रमण समुदायस्तरमा फैलिइ सकेको भएपनि समुदायस्तरमा यसको व्यापक परीक्षण हुन सकेको छैन ।

संक्रमण नियन्त्रणका लागि स्थानीय प्रशासनले अनिवार्य रुपमा मास्क लगाएर हिँडडुल गर्न निर्देशन गरेको छ । प्रहरीले मास्क नलाउने व्यक्तिलाई पक्राउ गरी कारबाही समेत थालेको छ ।

Facebook Comments Box