इलाका प्रहरी कार्यालय कृष्णनगर को सक्रियता , १ लाख ६८ हजार बराबरको अवैध चल्ला नष्ट

सेयर गर्नुहोस

अजय मिश्र, कृष्णनगर, अषाढ ११कपिलवस्तु जिल्ला मा अवस्थित इलाका प्रहरी कार्यालय कृष्णनगर बाट खटिएको गस्ती टोलीलेअबैध कुखुराको चल्ला बरामद गरेको छ। भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको मा कृष्णनगर नगरपालिका वडा नं ४ शिवभारी बाट १५ कार्टून प्रति कार्टून १५० चल्ला का दरले अन्दाजी २२५० चल्ला बरामद गरेको छ। बरामद गरिएको चल्ला कृष्णनगर नगरपालिका १ अवस्थित सुरही खोलाको किनारमा रहेको खाली जग्गामा खाल्डो खनि पशु क्वारेनटाइन का प्रतिनिधि , भद्र भलादमी,प्रहरी, पत्रकार,आदि को उपस्थिति मा उक्त चल्ला नष्ट गरिएको छ। जस्को अनुमानित मुल्य १ लाख ६८ हजार ७५० रुपया सम्म पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जानकारी दिएको छ।साथै आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता, पत्रकार,न्याय प्रेमी संग निरन्तर छलफल र संवाद गरि समाजीक सुरक्षा र शान्ति कायम राख्न सबैको सहयोग अपरिहार्य रहेको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल ले जानकारी दिएका छन्।

Facebook Comments Box