मधेशमा नागपञ्चमीका दिन झूला झूलने र गुड़िया पीटने परम्परा।

सेयर गर्नुहोस


कमलेश चन्द्र गुप्ता
कृष्णनगर/साउन १०
मधेशमा मनाउने हिन्दू धार्मवालम्बीहरु को पर्ब नागपंचमी को दिन झूला झूलने र गुड़िया पीटने परम्परा रहेको छ। बर्षो देखी चली आई रहेको यो परम्परा कार्य बस्ता र तड़क भड़क संस्कृति का कारण लोप हुन लागेको हो। गुड़िया पीटने परम्परा आहिले पनि मधेशमा कतै-कतै मात्र हेर्न पाइन्छ । कपिलबस्तु जिल्लाको कृष्णनगरमा पनि यो परम्परा हेर्न मिलेको छ। कृष्णनगरको भिल्मी, अजिगरा,कृष्णनगर लगयतमा पनि यो परम्परा जागेरना गर्दै मनाइयो को छ। बेलुका पखा गुड़िया पिटने कार्य गरिन्छ। यस परम्परामा केटीहरु गुड़िया बनाएर ल्याउ छन र केटाहरु पीटने कार्य गर्दछन।
नागपंचमी प्रत्येक वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाई छ। नागपंचमीका दिन घरको मूलढोकामा नागको चित्र टाँसी पूजा गर्ने परम्परा पनि छ । विभिन्न आठ प्रकारका नागको पूजा गरी दुबो, गाईको दूध, अक्षता आदि चढाउनुका साथै आफ्ना कुल नागका स्थानमा विशेष पूजा गरी खीर, रोटी लगायतका प्रसाद चढाउने गरिन्छ । आजको दिन घरको ढोकामा नागको चित्र टाँसी पूजा गर्नाले चट्याङ र आगलागीका साथै सर्प, बिच्छीलगायत विषयुक्त जीवबाट रक्षा हुने शास्त्रीय मान्यता छ।

Facebook Comments Box