शिवराज पशुपालक कृषक संघ गठन ,संघको अध्यक्षमा युवा कृषक खराल चयन
कपिलवस्तुको शिवराज नगरपालीका भित्रका कृषकहरुको भेलाले शिवराज पशुपालक कृषक संघ गठन गरेको छ । शिवराज नगरपालीका वडा न ५ को सभाहलमा उपस्थीत भएका नगरपालीका भित्रका व्यवसायीक कृषकहरुको भेलाले संघको गठन गरेको हो । सोनवागढ वहुउदेश्यीय कृषी फर्मका संचालक युवा व्यवसायी राजु खरालको अध्यक्षतामा ११ सदस्यीय संघ गठन गरेको छ । संघको उपाध्यक्षमा ईश्वरी जैशि सचिवमा कपिल यादव , कोषाध्यक्षमा छवीलाल वन्जाडे , ससचिवमा दिपेन्द्र कुमार सुनार सदस्यमा हिरा विक , अर्जुन वहादुर सिंजाली , मुकुन्द पाण्डे , राकेश सिंह रायमाझी , चयन हुनुभएको छ । एक जना रितm सदस्य अध्यक्षको सिफारीसमा कार्यसमीतीले मनोयन गर्ने व्यवस्था गरिएको सदस्य मुकुन्द पाण्डले जानकारी दिनुभयो ।

नव निर्वाचीत संघका अध्यक्ष राजु खरालले परम्परागत रुपमा पशुपालन गरिरहेका किसानहरुको जिवनस्तर उकास्नको लागी व्यवसायिक रुपमा पशुपालन गर्नका लागी प्रोत्साहन गरिने वताउनुभएको छ । अध्यक्ष खरालले जिवनभर पशुपालन गरेपनि जिवन उकास्न नसकनु किसानको लागी दुखद भएको भन्दै त्यस्ता कृषकलाई व्यवसायिक वनाउनको लागी हरपल प्रयास गरिने वताउनुभएको हो । उहांले पशुपालक किसानहरुको व्यवसायिक हितको लागी काम गर्ने प्रतिवद्धता व्यतm गर्नुभयो ।
नवनिर्वाचीत कार्यसमीतीलाई शिवराज नगरपालीका पशु साखा प्रमुख राम दुलारे यादवले सफल कार्यकालको सुभकामना व्यतm गर्नु भएको थियो । प्रमुख यादवले पशुपालक किसानको समस्या पहिचान गर्न आग्रह गर्दै कृषकहरु साथमा नगरपालीका रहेको वताउनुभएको थियो ।
कार्यक्रम जेष्ठ पशुपालक कृषक ज्ञानीराम सापकोटाको अध्यक्षता, शिवराज नगरपालीका पशु साखा प्रमुख रामदुलारे यादवको प्रमुख आतीथ्यता र कपिल यादवको संचालनमा सम्पन्न भएको थियो ।
