बिपि कोईराला युवा नेतुत्व बिकास मञ्च पर्साको अध्यक्षमा हरेन्द्र यादव चयन ।

नेबि संघका पुर्व ठाकुर राम बहुमुखी क्याम्पस ईकाई सहसचिव हरेन्द्र यादवलाई बिपि कोईराला युवा नेतुत्व बिकास मञ्चको पर्सा जिल्ला अध्यक्षको जिम्मेवारि दिईएको छ ।
बिपि कोईराला युवा नेतुत्व बिकास मञ्च केन्द्रिय समिति काठमाडौंको मिति २०७७/०४/०७ गते बुधबार पत्र संख्या १५७ चलानी नम्बर ०३/०७७/०७८ को पत्र अनुसार हरेन्द्र यादवलाई अध्यक्षको जिम्मेवारि दिईएको हो।
जननायक बिशेस्वर प्रसाद कोईरालाको लोकतान्त्रिक समाजवाद प्रती आस्था राख्ने तरुण विद्यार्थीहरुको नेतुत्व तथा व्यक्तित्व बिकासका लागि स्थापना भएको युवाहरुको साझा चौतारी हो बिपि कोईराला युवा नेतुत्व बिकास मञ्च ।
बिगत १० बर्ष देखि मञ्चले देश भरका युवाहरुलाई संगठित गर्दै बिचार गोष्ठी , अन्तरकृया , प्रशीक्षण , पुस्तक प्रकाशन लगायत विभिन्न माध्यमबाट जननायक बिपि कोईरालाका बिचार तथा लोकतान्त्रिक समाजवादका बिषयहरुलाई बहस , छलफल गर्दै गर्दै आईरहेको र सबल लोकतन्त्रको अभ्यासबाट मात्र गतिशील तथा लोककल्याणकारी राज्यको स्थापना गर्न सकिन्छ भन्ने अभिप्रायबाट लोकतन्त्रका मुल्य , मान्यताको अधिनमा रहि सस्थाले निरन्तर नवीन बिचारहरुको बहस समाज निर्माण गर्न मंचले केही जिल्लाहरुमा संगठानिक संरचना निर्माण गरिसकेको र अन्य जिल्लामा सस्था बिस्तार गर्ने क्रममा पर्साका अध्यक्ष हरेन्द्र यादवलाई जिम्मेवारी दिएको हो ।
त्यासैगरि ताप्लेजुङ जिलाको अध्यक्षमा देउमान लिम्बु , पाँचथरमा बिजय हाङ आङ्देम्बे , सुनसरीमा प्रकाश कर्ण, शन्खुवासभामा सन्तोष बस्नेत , बारामा सुरेन्द्र जयसवाल , रामेछापमा ध्रुब चौलागाईं र सिन्धुलिमा डम्बर कार्कीलाई केन्द्रिय समितिको आजको पत्र अनुसार अध्यक्षमा जिम्मेवारी दिईएको समेत जनाएको छ ।
Facebook Comments Box
