२९ औं बार्षिक उत्सवको उपलक्ष्यमा नेपाल टेलिकम वर्कर्स युनियनद्धारा ऐतिहासिक स्थल हारपुरेमा वृक्षरोपण कार्यक्रम सम्पन्न ।।

सेयर गर्नुहोस


नवराज पौडेल कपिलवस्तु
नेपाल टेलिकम वर्कर्स युनियन को २९ औं बार्षिक उत्सवको उपलक्ष्यमा बबई गाउंपालिका को ऐतिहासिक स्थल हापुरेमा रहेको नेपाल टेलिकमको जग्गामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको जनाईएको छ । नेपाल टेलिकम वर्कर्स युनियन इकाई समीती तुल्सीपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन इकाई अध्यक्ष शिवराज भण्डारीले गर्नुभएको थियो ।
वृक्षरोपण उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रम प्रमुख अतिथी तिर्थराज न्यौपाने ले श्रमिकहरुको संगठनले पेशागत हकहितका साथै सामाजिक उत्तरदायित्व र बातावरण मैन्त्री कार्यक्रम राख्नुपर्ने बताउंदै आज श्रावण ०६ गते नै महामानव वि.पि कोइरालाको स्मृती दिवश परेको अवसरमा उहाले गर्नुभएको योग्दानको बारेमा समेत चर्चा गर्नुभएको थियो ।
कार्यक्रम इकाई अध्यक्ष शिवराज भण्डारीको अध्यक्षता, नेपाल टे«ड युनियन कांगे्रस दाङका अध्यक्ष तिर्थ राज न्यौपानेको प्रमुख आतिथ्यता , नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रिय समीतीका सल्हाकार दिल बहादुर के.सी, क्षेत्रिय उपाध्यक्ष एवंम टे«ड युनियन कांगे्रस दाङका जिल्ला सदस्य गुरु प्रसाद तिवारी, नेपाल सार्वजनिक सेवा कर्मचारी संघ जिल्ला सदस्य लिल बहादुर सुनार लगाएको आतिथ्यता रहेकोे थियो भने इकाई सचिव हरिश के.सीको सहजीकरण र तुल्सीपुर इकाई समितीका सम्पुर्ण कर्मचारी सहभागितामा एक सय बढि विभिन्न फलफुलका विरुवा रोपी कार्यक्रम सम्पन्न गरिएको छ ।

Facebook Comments Box