मल अभावले किसान मर्कामा, संघले प्रशासनलाई बुझायाे ज्ञापन
चन्द्रौटा ५ साउन ।
बीउ समस्यापछि मलको अभावले चिन्तित कपिलवस्तुका किसानहरुले मल पाउनुपर्ने माग गर्दै प्रशासन कार्यालय पुगेका छन् ।
समयमै मल नपाउँदा किसानले रोपेको धान खेतमै मर्न थालेको भन्दै आवश्कता अनुसार मल किसानहरुलाई सरकारले पुर्याइदिनुपर्ने उनीहरुको माग रहेको छ । आईतवार जिल्लाका किसानहरुले ईलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत कृषि मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका छन् । कोरोनाका कारण बीउ समस्याबाट जसाेतसाे उब्रेका किसानहरु खाद नपाएर मर्कामा परिरहेका हुँदा अहिलेकाे अवस्था जटिल बनेको कपिलवस्तु किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताउनुभयो ।

बैदेशिक रोजगारीमा गएका युवाहरु फर्किदै गर्दा उनीहरुलाई स्थापित गर्नुपर्ने बेलामा सामान्य मल नहुनु दुखत कुरा भएको उहाँले बतानुभयो ।अहिले सहकारी मार्फत मल वितरण भएको जानकारी गराउदै कतिपय वडामा सहकारी नहुँदा ति वडाका किसानहरुले मल नपाउने अवस्था भइरहेको बताउनुभयो । धेरै जग्गामा धान रोपेका किसानहरुलाई अहिले मल अभाव भएको कृषक तौलेश्वर चौधरीले बताउनुभयो ।
किसानको पक्षमा सरकार नरहेको बताउँदै वर्षभरी खानपुग्ने खेतीकै अवस्था जटिल बन्ने अवस्था सिर्जना भएको चौधरीले बताउनुभयो । किसानहरुले बुझाएको ज्ञापन पत्रमा पेट्रोल पम्पहरुले निश्चित रकम लिने भएपनि प्रतिलिटरमा २ सय ग्राम कम हुने गरेकोले अनुगमन गर्न आग्रह गरेका छन् । ज्ञापन पत्र मार्फत किसानहरुले माग पुरा नभए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

Facebook Comments Box
