कृष्णनगरमा समाजिक सुरक्षा भत्ता वितरण शुरु

सेयर गर्नुहोस


कृष्णनगर ,साउन ४ । कृष्णनगर नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बाड्न शुरु गरेकाे छ।
लकडाउनका कारण अार्थिकरुपमा अशक्त कृष्णनगरभित्रका एकल महिला ,विधवा र एकल जेष्ठ महिला, जेष्ठ नागरिक,दलित जेष्ठ , अपांग तथा लाेपान्मुख जातिका बालबालिकाहरुलाई जिवकाेपार्जनमा समेत सहयाेग हुने भएकाले समाजिक सुरक्षा भत्ता वितरण शुरु गरिएकाे नगरप्रमख रजत प्रताप शाहकाे भनाई छ। राज्यले दिने सुरक्षाभत्ता समयमा वितरण गरेपछि अावश्यक कार्यमा उपयाेग हुन सक्ने वडाध्यक्ष तुंगनाथ चाैधरीकाे भनाई छ।
काेराेनाका कारण भएकाे लकडाउनले जसाेतसाे धान राेपाई गरिसकेका घरपरिवारले समाजिक सुरक्षा भत्ता पाएपछि खाद खरिद लगायत दैनिक उपभाेग्य सामान किन्न सकिने वडा १ शिवानगर छितुहनीका रिखिराम अहिरले खुसि व्यक्त गरेका छन ।
कृष्णनगर वडा १ मा कुल ७७० जनालाई झण्डै ६६ लाख समाजिक सुरक्षा भत्ता वितरण गरिएकाे वडासचिव किरन श्रीवास्तवले बताउनुभएकाे छ । असार २८ गतेदेखि वितरण शुरु गरिएकाे भत्ता वितरण अहिले वडा १काे ११ गाउंमा सकिएकाे छ। अार्थिक बर्ष ०७७/०७८ मा बैंक मार्फत भत्ता वितरण गरिने बताइएकाे छ।

Facebook Comments Box