पश्चिम् नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ

सेयर गर्नुहोस
उर्मिला यादव सुनवल
असार २२
पश्चिम् नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ परेका छ्न। पक्राउ पर्नेमा पाल्हिनन्दन गाउपालिका वडा नम्बर १ रमपुरवा बस्ने २१ बर्षिय सन्दिप कुमार हरिजन रहेका छ्न। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलिले चेक जाँच गर्ने क्रममा हरिजन पक्राउ परेका हुन ।
।उनको साथबाट प्रहरीले फेनरागन १ सय दुई एम्पुल, डाइजेपाम १ सय दुई एम्पुल,र नुफृन १०१ एम्पुल गरि ३ सय ५ एम्पुल प्रतिबन्धित लागू औषध फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हरिजनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
Facebook Comments Box