नागरिकता ऐन संशोधन विधेयकप्रति मुस्लिम अगुवाकाे अापत्ति

सेयर गर्नुहोस


कपिलवस्तु ,असार २२ । विदेशी नागरिकलाई विवाह गरि नेपालकाे नागरिकताका लागि सात बर्ष अनागरिक भई बस्नुपर्नेमा मुस्लिम अगुवाद्वारा विराेध गरिएकाे छ।
मुस्लिम अगुवाहरुकाे संगठन इत्तेहाद नेपालका अध्यक्ष किफायतुल्लह खांले सरकारले नागरिकता ऐन संशोधन विधेयकबाट महिलामाथि विभेद बढाइ माैलिक अधिकारबाट बञ्चित गर्न खाेजेकाेले यसकाे व्यापक विराेध हुनुपर्ने बताउनुभएकाे छ। खासगरि तराईका मधेशी ,मुस्लिम समुदायलाई लक्षित गरेरै याे संशोधन विधेयक ल्याइएको अध्यक्ष खांले अाराेप लगाएका छन । नेपालका अधिकांश मुस्लिम समुदायका युवायुवतीहरुकाे विहे भारत लगायत अन्य देशमा हुने गरेकाले यस विधेयकले सबभन्दा बढी मस्लिम समुदाय नै प्रभावित हुने अध्यक्ष खांले बताउनुभयो । राज्यलाई सबैकाे साझा फुलबारी बनाउन लाग्नुपर्नेमा अहिलेकाे सरकारले विभेदमात्र फैलाउन खाेजेकाे अध्यक्ष खांकाे भनाई छ।
इत्तेहाद नेपाल मुस्लिम समुदायका हकहितमा वकालत गर्ने संस्था हाे ।

किफायतुल्लह खां (अध्यक्ष )इत्तेहाद नेपाल
Facebook Comments Box