कृष्णनगरकाे नीति तथा कार्यक्रम पेश, थप छलफलपछि बजेट सार्वजनिकीकरण गर्ने नगरप्रमुख शाहकाे भनाई

सेयर गर्नुहोस


कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाको पांचाैं नगर सभाले कृषि व्यावसाय तर्फ बढी फाेकस गर्दै कोरोना भाइरस वाट प्रभावित बनेका नगरवासीहरुको आयआर्जनमा टेवा दिन कृषि रोजगार तथा क्षमता मुलक कार्यक्रम गर्ने निति पेश गरेको छ ।
वडा लगायत नगर याेजनाहरुमा थप छलफल गर्न समय लिदै असार २५ गते सम्ममा नगरसभा सकाउने भएकाे छ ।
कोरोना प्रभावित , लकडाउनबाट पुगेकाे अार्थिक क्षति तथा अन्य बेरोजगार युवालाई स्वरोजगारको बाटो तर्फ उन्मुख गराउन नगरपालिकाले राेजगारिकाे सृजना गर्ने र व्यावसायिक कृषि तर्फ अनुदानहरु उपलब्ध गराउने नीति लिएकाे नगरप्रमुख रजत प्रताप शाहले नगरसभालाई जानकारी गराउनुभएका थियाे । एक प्रतिशत व्याजमा ऋणको व्यवस्था गर्ने भएको छ । पांचाैं नगर सभाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दे नगर प्रमुख रजत प्रताप शाहले बैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई लघु उद्योगमा सहयाेग गर्ने र बेराेजगारहरुकाे तथ्यांक संकलन गरि थप राेजगारि सृजना गर्ने बताए । साथै उनले नगरप्रहरीकाे कार्यविधि तैयार पारी स्थानिय युवाहरुलाई नै दक्षताकाे अधारमा अवसर दिने बताउनुभएको छ ।

नगरपालिकाभित्र उत्पादनमा आधारित अनुदान मार्फत माछा,गाईभैंसी पालन, खसीबोका तथा तरकारी र फलफूल खेतीमा समेत अनुदान दिने नगर प्रमुख रजत प्रताप शाहले घोषणा गरेका छन । नगरभित्र जग्गाकाे खाेजि गरि बसस्टाप, ल्यण्डफिलसाइट जस्ता समाजलाई प्रत्यक्ष फाइदा हुने पुर्वाधारहरु निर्माणमा विशेष जाेड दिएकाे छ।
नगरपालिका क्षेत्र भित्र तरकारी ,फलफूल खेती विस्तारका लागि आँप,लिची र कागती खेती गर्न इच्छुक कृषकलाई अनुदानमा फलफूलको विरुवा उपलब्ध गराउने योजना समेत सभामा पेश गरिएको छ ।
यस्तै व्यवसायिक पशु फार्म व्यवस्थापन प्रोत्साहन कार्यक्रम तर्फ अनुदान उपलब्ध गराउने, बैदेशिक रोजगारबाट फर्किएका युवाको अभिलेखिकरण तथा उद्यमशीलता प्रवर्धन, एक घर, एक करेसाबासी तथा एक गाउँ एक उत्पादनमा जोड, सिंचाईका लागि विद्युतीय मोटर तथा पम्पिङ्गसेटनमा अनुदान, निरन्तर बजार अनुगमन लगायत नीति तथा कार्यक्रममा उल्लेख छन् । सभामा उप प्रमुख सबनम खातुनले सामाजिक न्याय क्षेत्रलाई सबल बनाउने गरि कार्यक्रमहरु तयार भएको र थप छलफलपछि याेजनाहरुलाई अन्तिम रुप दिएर बजेट सार्बजनिकरण गरिने बताइन् ।

Facebook Comments Box