जनता समाजवादी कपिलवस्तुद्धारा नागरिता विधेयक विरुद्ध प्रदर्शन
कपिलवस्तु / ७ असार ।
सनिउल्ला धोबी,
जनता समाजवादी पार्टि शिवराज नगर कमिटिले सरकारले ल्याउन लागेको बैवाहिक अङ्गीकृत नागरिता विधेयक विरुद्ध प्रदर्शन गरेको छ । कमिटिले सरकारले मधेशी समुदायलाई लक्षित गरी बर्षौ देखि रहि आएको भारत संगको रोटी वेटीको सम्बन्धलाई सक्काउन यस्तो विधेयक ल्याउन लागेको भन्दै विधेयक विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन ।

जनता समाजवादी पार्टि शिवराज नगर कमिटिको आयोजनामा भएको विरोध कार्यक्रममा नगर कमिटि अध्यक्ष कृष्ण कुमार चौधरीले सरकारले ल्याएको विधेयकले अन्य मुलुकमा विवाह गरी नेपालमा बुहारी बनाउदा नागरिकताका लागी ७ बर्ष कुर्नु पर्ने बाध्यकारी विधेयक ल्याउन लागेकोले सो विधेयकको विरुद्ध जनता समाजवादी पार्टि निरन्तर आन्दो्लनमा होमिने बताए ।
सरकारले ल्याउन लागेको विधेयकले मधेशी समुदायलाई पछाडी पार्न खोजिएकोले सो विधेयक खारेज नहुदाँ सम्म आन्दोलन गरिरहने चौधरीले बताए ।जनता समाजवादी पार्टिका प्रदेश ५ सदस्य तथा युवा नेता रहिस शाहले विधेयक आफ्नो पार्टिलाई कदापी स्वीकार्य नहुने र सरकारले जर्वजस्ती यो विधेयक ल्याए देशमा ठूलो आन्दोलन हुने बताए ।
एउटा समुदायको परम्परा देखि चलिआएको संस्कारलाई कुल्चाउन सरकारले बैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्न ७ बर्ष कुर्नु पर्ने विधेयक ल्याउने तयारीमा रहेकोले सो विधेयक विरुद्ध अझै शशक्त आन्दोलन गर्ने शाहले बताए । सरकारले पटक पटक मधेशी थारु जनजाती माथि अन्याय गर्दै आएकोले अब सहेर नबस्ने प्रदेश सदस्य शाहले बताउनु भयो । तसर्थ सरकारले ल्याउन लागेको विधेयक तत्काल खारेज गर्नुपर्ने शाहले माग गर्नुभयो ।

त्यस्तै जनता समाजवादी पाटीका नेता तौफिक मुुसलमानले नागरिकता विधेयक सच्चाउनु सत्ता पक्षसगँ माग गर्नु भयो । नेकपा सरकारले आफु अनुकुल नागरिकको विषयमा निर्णय गर्नु रोटी वेटी विचको सम्बन्धलाई तोडने कार्य भएको बताउनु भयो ।
उक्त कार्यक्रममा युवा नेता सतिश चन्द्र गुप्ता, मेहनाज खान, प्रभु यादव, नसिम अहमद, परास केवट, शाह नवाब, आन्नद मिश्रा, रसिद खान, अरुण मिश्रा लगायत जनता समाजवादी पाटीका नेता तथा कार्यकर्ताहको सहभागीता रहेको थियो ।
