मेराे बिकास कार्यकाे श्रेय अाफु लिने नेता बढी भए :सांसद शाह

सेयर गर्नुहोस


कपिलवस्तु , असार ७ । सांसद अभिषेक प्रताप शाहकाे पहलमा जिल्लाकाे क्षेत्र ३ मा विभिन्न याेजनाहरु समावेश भएका छन ।
कपिलवस्तु पश्चिममा पुर्वाधारका विभिन्न याेजनाहरु समावेश भएकाे खबर साेसल मिडियामा भइरल भइरहेकाे छ । सत्तापक्ष र विपक्ष दुवैका जनप्रतिनिधिहरु मैले नै समावेश गराएकाे हाेडबाजीमा जुटेका छन । क्षेत्र नम्बर ३ मा समावेश भएका याेजनाकाे बारेमा साे क्षेत्रका कांग्रेसबाट निर्वाचित सांसद अभिषेक प्रताप शाहले माघ महिनामा मैले नै विभिन्न याेजनाहरु माग गरेकाे बताउनुभयाे । माग गरिएकाेमा शिवराज नगरपालिकाभित्रकाे मैनार खाेलामा पुल निर्माण, रुद्रपुरदेखि जगदिशपुरहुदै पत्थरदेइयासम्म सडक कालाेपत्रे, कृष्णनगर नगरपालिकाकाे अारटिअाे सडक स्तराेन्ति त्यस्तै बडकन बनियाकाे घर हुदै लक्ष्मीनगर हुदै विजयनगर गाउंपालिका जाेड्ने सडकपनि कालाेपत्रे हुने याेजनामा बजेट विनियाेजन भईसकेकाे सांसद शाहले जानकारी गराएका छन । कृष्णनगर बजारभित्रका ढल निकासी समस्यालाई मध्यनजर गर्दै बजेट विनियाेजनका लागि गरिएकाे प्रयासमा अार्थिक बर्ष ०७७/०७८ मा डिपिअार तैयार गरि त्यसपछिका अार्थिक बर्षमा रकम बिनियाेजन हुने सांसद शाहकाे भनाई छ।
यस क्षेत्रकाे सांसद भएका कारण मेराे पार्टी सत्तामा नभएपनि मैले मेराे प्रयासले गरेकाे बिकास निर्माणका कार्यलाई केही नेताहरुले अाफु गरेकाे श्रेय लिने , झुठा अश्वासन बांडदै हिडेछन तर यसकाे जवाफ सममानिय जनताले पटक पटक मलाई प्रतिनिधि सभामा पठाएर दिइसकेकाे छ ।
सांसद शाहले संसदिय क्षेत्र बिकासकाे रकम मध्ये ३४ लाख भलवारी गाउंमा शिवमन्दिर र कंचननाथ बाबा मन्दिर लगायत सिचाइका लागि डिपवेल वाेरिंङ र बाटाे मरम्मतका लागि विभिन्न याेजना अार्थिक बर्ष ०७६/०७७ मा रकम विनियाेजन गरिएकाे थियाे ।

Facebook Comments Box