कृषकका लागि स्थानिय तहभन्दा राम्रा याेजना निर्माण गर्न लागेकाे छु : अध्यक्ष यादव

सेयर गर्नुहोस


कपिलवस्तु, अासार ५ । वैज्ञानिक बन व्यवस्थापनमा अव्वल गाैतम बुद्ध साझेदारी बन व्यवस्थापन समिति नमुना याेजनाहरु शुरु गरेकाे छ।
जिल्लाकाे पश्चिम तीन स्थानिय तह विजयनगर , शिवराजका केही वडा तथा कृष्णनगर बार्डरसम्म फैलिएकाे गाैतमबुद्ध साझेदारीले यश अार्थिक बर्षमा १९००० क्युव फिट काठ र ५५ चट्टा दाउरा उत्पादन गरि वितरण गरिसकेकाे अध्यक्ष जानकी प्रसाद यादवले जानकारी गराउनुभएकाे छ। विजयनगर गाउंपालिकाकाे उज्जवलपुरमा यसै बर्ष नै छ काेठे भवन ३० लाखका लागतमा बनाईदै छ भने ३ लाखमा बनाईसकेकाे अध्यक्ष यादवले बताएका छन ।त्यही गाउंमा २.४७ हे. जग्गामा अतिक्रमण हटाएर स्थानिय कृषकहरुका लागि सिचाई गर्न मिल्ने पाेखरी निर्माण गरिएकाे छ।

हाल जानकी यादव नेतृत्वकाे वन व्यवस्थापन समितिले ७ लाखकाे बजेटमा विजयनगर गाउंपालिका वडा १ काे नेवलागंजमा ३ हे. काे अमहवा ताल , नाैडिहवामा ५ हे. काे कल्याणकाेट ताल र २ हे.काे अर्काे एउटा पाेखरी नेवलागंजमा निर्माण सकिन लागेकाे छ । गाैतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिद्वारा बनाईएका पाेखरीहरुलाई पर्यटकिय व्यवसायका रुपमा पनि बिकास गर्दै लैेजाने अध्यक्ष यादवले बताउनु भयाे । गतबर्षमा वनजंगल र वन्यजन्तु संरक्षणमा विशेष जाेड दिएकाे थियाे तर यस बर्ष वन उपभोक्ताहरुलाई साझेदारी कै साधनस्राेतले सिंचाई, सडक र व्यवसायमा समेत सहयाेग गर्ने उद्देश्यले यी खालका याेजना शुरु गरिएकाे हाे ।उनले अगामी बर्षहरुमा पनि साझेदारी संगसंगै समुदाय लिएर जाने मेराे उद्देश्य रहेकाे बताएका छन । स्थानिय तहहरुले बनाउने याेजनाहरुमा सतही सिचाइ, पर्यटनलाई महत्व नदिएका कारणले अाफ्नाे क्याचमेन्ट क्षेत्रभित्र सिचाई समस्या कम गर्दै लग्ने र कुल ३०० देखि ५०० हेक्टर खेतीयोग्य जग्गालाई बांध बनाएर भए पनि पानी पुर्याउने मेराे लक्ष्य रहेकाे अध्यक्ष यादवकाे भनाई छ।पर्यावरण संरक्षण तथा वनजन्य उत्पादहरुकाे संरक्षण गर्दै अाएकाे साझेदारी वन व्यवस्थापन समितिले सिंचाई लगायत माछा पालन समेतमा सहकार्य गरेकाेमा नेवलागंजबासी खुसी छन ।

Facebook Comments Box