कृषि उत्पाद बढाउन कृष्णनगरका किसानमैत्री याेजना

सेयर गर्नुहोस


कृष्णनगर , असार ४ ।
कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिकाले किसान मैत्रि याेजनाहरु धमाधम समापन गर्ने लागेकाे छ ।
काेराेना संकमणका कारण विदेशबाट फर्क्दै गरेका युवा कृषकलाई लक्षित गरि बिभिन्न अनुदान समावेश गरिएका याेजनाहरु संचालन हुदै अाएका छन ।
अाज नगरपालिकाले स्थानिय कृषकहरुलाई पचहत्तर प्रतिशतकाे अनुदानमा अटोमेटिक चार्जर स्प्रेयर वितरण गर्न लागेकाे कृषि शाखा संयाेजक चन्द्रराम चाैधरीले जानकारी गराउनुभएकाे छ । नगरक्षेत्र किसानहरुकाे लाखाैंकाे लागनी विभिन्न किराफट्यांग्रले नष्ट गरि उब्जनी घटाउदै अाएकाले यसपाली कृषि उत्पादनलाई बढाउन र अात्मनिर्भर बनाउन स्प्रे वितरण गरिएकाे कृषि अधिकृत सुदिप माैर्यकाे भनाई छ। पुर्व सुचनाका अाधारमा छनाैटमा परेका कुल ७२ जना कृषक,कृषक समूह तथा सहकारीलाई कृष्णनगर नगरपालिकाले नगरप्रमुख रजत प्रताप शाह र प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र डांगीकाे उपस्थितिमा वितरण गरिएकाे छ ।

Facebook Comments Box