नेबिसंघ ठा, ब. क्याम्पस ईकाई समितीद्वारा बिरगंज महानगर पालिकाका मेयर बिजय सरावगीलाई ज्ञापनपत्र

नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस ईकाई समिति अध्यक्ष मनोज साहको नेतुत्वमा गएको टोलिले बिरगंज महानगर पालिकाको कार्यालय पुगि मेयर बिजय सरावगीलाई ज्ञापन पत्र बुझाएको थियो ।
६ बुदे माग सहित ज्ञापनपत्र पढेर हस्तान्तरण गरेको हो।
विश्वभरी कोरोनाको महामारीले नेपाल लगायत पुरै विश्व नै प्रभावित र त्रासित छ । कोरोना विरुद्धको संघर्षका क्रममा नेपाल सरकार प्रदेश सरकार तथा स्थानिय सरकारले गम्भीरता नराख्दा यो माहामारीको जोखिम अप्रत्यासित रुपमा तिब्र गतिमा बढ्दै गैरहेको छ ।
लकडाउनको अवधिभर आम नागरिकहरुमा त्रास बढ्दै जानु, जनशक्ति र स्वास्थ्य समाग्रीहरुको अप्रयाप्त देखेर पिसिआर परिक्षण सुस्त गतिमा गरिनु मानवीय संवेदनशिलताको ख्याल नगरी मापदण्ड विपरितका कोरेन्टाइनहरु निमार्ण गरी कोरेन्टाइन मै संक्रमण बढ्ने कारखाना बन्दै जानु र दिनानुदिन घरायसी बन्दै गैरहेको कृषि पर्यटन र उद्योग व्यवसायलाई पुन: उत्पादनका लागि राहतको कुनै कार्यक्रम नल्याई श्रमिक बेरोजगार विधार्थीलाई राहत एवंम कुनै विशेष कार्यक्रम ल्याउन नसक्नु । लकडाउनका कारण स्कुल कलेज बन्द भई विधार्थीहरुको शैक्षिक भविष्य अनमल भएको बेला गम्भीर रुपमा दृष्टिकोण र आवश्यक कार्ययोजना निमार्ण गर्न वी।रगंज महानगरपालिका असफल हुनु महानगरपालिको यस्तो विशेष परिस्थितीमा पनि वीरगंज महानगरपालिका अनियमिता र भ्रष्टाचारमा संलग्न रहेको हाम्रो ठहर छ ।
अत ः कोभिड–१९ को महामारी रोग नियन्त्रण गर्न यसका अल्पकालिन र दीर्घकालिन नाकारात्मक प्रभाव न्यून गर्न जनताको सरोकार र आवश्यकता विषयलाई सम्बोधन गराउन वीरगंज महानगरपालिकाले तत्काल निम्नलिखित कदम चलोस भने जोरदार मांग ने.वि.संघ ठा.रा.ब. इकाई समितिले मांग गर्दछ । सो कार्यक्रममा नेबि संघका युवा नेता धिरज गुप्ता , अन्जन गुप्ता , उपेन्द्र यादव , राहुल शर्मा , राजीब गुप्ता र नेबि संघका जिल्ला सदस्य राहुल गुप्ता लगायतकाको सहभागीता रहेको थियो ।
Facebook Comments Box
