कपिलवस्तुका साझेदारी वन समितिद्धारा ५ स्थानीय तहलाई पिसिआर किट हस्तान्तरण
कपिलवस्तु ,अासार २ । कपिलवस्तुका तिन साझेदारी वन व्यवस्थापन समितले १५ लाखको कोरोना भाइरस परिक्षणका लागि पिसिआर किट वितरण गरेका छन ।
जिल्लाकाे गौतमबुद्ध डिभिजन वन कार्यालय क्षेत्र अन्र्तगत पर्ने किट आभाव भएका शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, बुद्धभुमी नगरपालिका र विजयनगर गाँउपालिकालाई किट हस्तन्त्रण गरिएको कपिलस्तु साझेदारी वन समितिकका अध्यक्ष गंगेश नाथ तिवारीले जानकारी दिनु भयो ।

जिल्लाको कपिलवस्तु साझेदारी, शिवराज साझेदारी र गौतमबुद्ध साझेदारी वन व्यवस्थापन समितिले रु १५ लाखको ३८ सय ५० पिसिआर किट खारिद गरी वितरण गरेको अध्यक्ष तिवारीले जानकारी दिनु भयो । भारतीय सिमानासंग सटेकाले कपिलवस्तुको पालिकामा किट आभाव देखिएकाे छ , वन समितिहरुले अाफ्नाे क्यचमेनट क्षेत्रभित्र पर्ने स्थानिय तहहरुका किट खरिद गरी हस्तान्तरण गर्ने जेठ ९ गते निर्णय भएको थियो । “साझेदारी बन व्यवथापन समितिको सामाजिक विकास शिर्षकको रकमबाट किट खरिद गरिएको गाैतम बुद्ध साझेदारी बन व्यवस्थापन सिमितिका संयाेजक जानकी प्रसाद यादवले बताउनुभएको छ।
जिल्लामा पिसिआर किट आभाव हुदा क्वारेन्टाइनमा चाप बढेकोले साझेदाी बनले किट खरिद गरी नगरपालिकालाई दिनु धेरै राम्रो कार्य भएको शिवराज नगरपालिका नग प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो । उहाले भन्नुभयो यस आपतको समयमा बनले किट दिएकोले धेरै नै राहत भएको बताउनु भयो । गौतमबुद्ध डिभिजन वन कार्यालय कपिलवस्तुका वन अधिकृत दुर्गा बहादुर कार्कीको अध्यक्षता जेठमा बसेको बैठकले किट खरिद गर्ने निर्णय गरेको थियो ।
शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, महाराजगंज नगरपालिका, विजयनगर गाँउपालिकालाई ८ सय ५० का दरले किट वितरण गरिएको छ । त्यस्तै बुद्धभुमी नगरपालिकालाई ४ सय २५ वटा किट हस्तन्त्रण गरिएको छ ।
किट वितरण कार्यमा शिवराज साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जगदम्बा प्रसाद चौधरी, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष जानकी प्रसाद यादव, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका अध्यक्ष गंगेशनाथ तिवारी रहनु भएको थियो ।
त्यस्तै शिवराज साझेदारी वन व्यवस्थापन समितिका सहायक बन अधिकृत प्रेम शंकर गुप्ता, कार्यसमिति सदस्य तौलेश्वर चौधरी, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिका सहयक वन अधिकृत सन्जय गुप्ता, कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितका फरेष्टर गणेश पुरीको समेत किट वितरण कार्यमा सहभागीता रहेको थियो ।
