घाेरई खाेलामा डुबेर एक जना ज्यान गयाे

सेयर गर्नुहोस

,

कृष्णनगर, जेठ ३२ । भैंसी चराउन गएका डुमाई गाउंका एक जना बालककाे घाेरई खाेलामा डुबेर ज्यान गएकाे छ।
कृष्णनगर नगरपालिका वडा १ काे डुमाई घर भएकाे साेमई अारखका पन्द्रह बर्षिय छाेरा विजयी अारखकाे पानीमा डुबेर ज्यान गएकाे परिवार स्राेतले जनाएकाे छ। भैंसी चराउन गएका मृतक अारखले पानी खुवाउन घाेरई खाेलामा गएका प्रत्यक्षदर्शी बताउंछन । डुबेकाे अाधा घटनापछि गाउंलेहरु मृतकलाई प्रहरीकाे सहयाेगमा
शिवराज अस्पताल पुर्याइएकाे थियाे । अस्पताल पुग्दा ज्यान गइसकेकाे अस्पतालका नि. मेसु नफिस खानले बताएका छन ।

Facebook Comments Box