कोरोना जितेका २५ जनालाई मेयर शाहले दोसल्ला ओढाएर विदा गरे

सेयर गर्नुहोस

कपिलबस्तु/२०७७, ३१ जेष्ठ ।
कोरोना भाइरस संक्रमणपछि कपिलवस्तुको कृष्णनगरमा उपचार गराइरहेका २५ जना निको भएका छन । पछिल्लो पटक गरिएको पिसीआर परीक्षणमा कोरोना भाइरस संक्रमण नदेखिएपछि २५ जनालाई डिस्चार्जको तयारी गरिएको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले जानकारी दिनुभयो । हो ।
कृष्णनगर नगरपालिका स्थित आयासा गल्र्स कलेजमा बसेका २५ जनालाई आज दोसल्ला ओढाएर विदा गरिएको नगर प्रमुख शाहले जानकारी दिनुभयो ।
उनीहरुलाई शनिबार दिउसो डिस्चार्ज गरिएका हो । डिस्चार्जपछि एकसाता घरमै गएर स्वास्थ्यकर्मीले चेकजाच गर्ने नगरपालिका कर्मचारी शाकिर शाहले जानकारी दिनु भयो ।

यसैविच आज कपिलवस्तुमा थप २९ जनामा कोभिड १९ पोजेटिभ पुष्टि भएको छ । यससँगै कपिलवस्तुमा संक्रमित संख्या ६३४ पुगेको स्वास्थ्य कार्यलय कपिलवस्तुले जानकारी दिएको छ ।

जिल्लाको मायादेवी गाउँपालिकाका १४ जना, विजयनगर गाउँपालिकाका ५ जनामा, महराजगन्ज नगरपालिकाका ४ जना, कपिलवस्तु नगरपालिकाका ४ जना, र शुद्धोधन गाउँपालिकाका २ तथा संक्रमण पुष्टि भएको हो । उनीहरूको नमुनामध्ये विजयनगर गाउँपालिकाको दाङमा, महराजगञ्ज नगरपालिकाको केन्द्रीय प्रयोगशाला, टेकु काठमाडौँमा र बाकीको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा परिक्षण गरिएको थियो ।

Facebook Comments Box