पर्वतमा कोरोना संक्रमितको संख्या २२ पुग्यो , बिहादी गाउँपालिका र पैँयूका एकएक जना थपिए

आज कोरोना पुष्टि हुनेमा कुश्मा नगरपालिका वडा नम्बर १० का ६ जना कुश्मा ३ का १ जना कुश्मा १३ का १ जना कुश्म १ का एक जना फलेवास १० का १ जना महाशिला ३ का १ जना बिहादी गाउँपालिका वडानम्बर ३ रानीपानीका १ जना र पैँयू ३ का एक जना रहेका छन् भने एकजनाको ठेगाना खुलेको छैन ।
कुश्मा नगरपालिका ३ का एकजनाको केही दिनदेखि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारत रहेका छन् भने अन्य सबै पर्वतको कुश्माको क्वारेन्टाइनमा रहेका छन् । उनीहरू भरत तथा तेस्रो मुलुक बाट नेपाल आएका हुन्न ।
यो सँग पर्वत मा कुल कोरोना संक्रमित को संख्या २२ पुगेको छ पहिलोपटक पर्वतमा गएको जेठ २० गते ५ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
Facebook Comments Box
