तरकारी खेतीले बिदेशबाट अाएका युवाहरु अात्मनिर्भर बन्ने :नगरप्रमुख शाह

सेयर गर्नुहोस


कृष्णनगर, जेठ २७ । भारतबाट फर्केका युवाहरुलाई लक्षित गर्दै निशुल्क तरकारी बीउ वितरण शुरु भएकाे छ । तरकारी खेतीले अात्मनिर्भर बनाई वेराेजगारी घटाउन सकिने कृषि शाखा संयाेजक चन्द्रराम चाैधरीकाे भनाई छ। काेराेना संक्रमण र लकडाउनका कारण विदेशबाट अाएका युवाहरुका लागि राेजगारी बढाउन र स्थानिय स्तरमा रहेकाे वेराेजगारी न्यून गर्न काेविड विशेष कृषि कार्यक्रम ल्याईएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनभयाे । अहिलेकाे अावस्थामा नगरभित्र कृषि व्यावसायलाई बढावा दिएर युवा कृषकहरुमा अार्थिक सबलता बढाउन सकिने नगरप्रमुख शाहकाे भनाई थियाे ।
हाइब्रिड जातकाे तरकारी बिउले बढी उत्पादन हुनुका साथै अार्गनिक तरकारीले स्वास्थ्यमा पनि असर नगर्ने र नगरपालिका भित्रका युवा किसानहरुलाई राेजगारि समेत पुग्ने हुनाले याे कार्यक्रम अति नै सरहानिय रहेकाे कृषि अधिकृत सुदिप माैर्यकाे भनाई छ। रामतराेइ , करेलो ,बाेडी, भिण्डी लगायतका तरकारीकाे बीउ कुल १७०० घरधुरिलाई बितरण गरिनेछ । यश अघि नगरपालिकाले ५०० घरधुरिलाई पचास प्रतिशत अनुदानमा हाइब्रिड धानकाे बीउ वितरण गरेकाे थियाे ।

Facebook Comments Box