बुद्धभूमी ९ वडा कार्यालयमा आशा संजाल द्धारा हात धुने ठाउँ व्यवस्थापन
कोभिड १९ अर्थात कोरोना भाईरसका कारण विश्वनै आक्रान्त अवस्थामा छ । यो भाइसर बाट नेपाल पनि अछुतो छैन । नेपालमा पनि कोरोना संक्रमितहरु बढ्दो क्रममा छन् । यस बाट बच्नका लागि आफ्ना नियमित आनीबानी मा परिवर्तन जस्तै भिडभाडमा नजाने , कहि जादा सामाजिक दुरी कायम गर्ने,मास्क सेनिटाईजर को प्रयोग गर्ने , खोक्दा वा हाछ्यू गर्दा कुहिना वार टिस्यू पेपर मुख छोप्ने , समय समय साबुन पानीले मिचि हात धुने गर्नाले कोरोना बाट आफू पनि बच्ने र अरुलाई पनि बचाउन सकिन्छ ।
नियमित रुपमा यसरी हात धुनाले पनि कोरोना बाट बच्न सकिन्छ त्यसकारण वडा कार्यालयमा आउनेजाने सेवाग्राहीहरुलाई हात धुने ठाउँ एकदमै आवश्यक भएकोले यो सहयोगको उच्च मूल्याङ्कन गर्दै अव वडा कार्यालयमा आउने सेवाग्राहीलाई कार्यालयमा आउदा हात धुने तथा घरमा पनि हात धुनका लागि आग्रह गर्नुभए संगै यो सहयोगका लागि किर्डाक नेपाललाई बुद्धभूमी नगरपालिका वडा नं ९ का वडाध्यक्ष खुमानन्द न्यौपानेले धन्यवाद दिनु भएको छ ।
करिब १ वर्ष अगाडि गठन भएको आशा संजालले यस्ता थुप्रै किसिममा सामाजिक सवाल न्यूनिकरण,किशोरकिशोरीका सवाल,तथा सामाजिक काममा तल्लीन आशा संजालले आफ्ना पदाधिकारी सदस्यहरु लाई स्वास्थ्य तथा सरसफाई सामग्री वितरण सहित उक्त हात धुने ठाउँ व्यवस्थापन गरिएको र बैठकमा भएको निर्णय अनुसार सोही अनुसारको हातधुने ठाउँ बुद्धभूमी नगरपालिका वडा नं ३ मा पनि व्यवस्थापन गर्ने निर्णय भएको आशा संजालकि अध्यक्ष अञ्जना थारुले बताउनु भयो ।
Facebook Comments Box
