डकर्मी ,सिकर्मी समेतले पसल खाेल्न पाउं भनी प्रशासनलाई पत्र

सेयर गर्नुहोस


कृष्णनगर , जेठ २१ । उद्योग वाणिज्य संघ कृष्णनगरले ठुला फ्यक्ट्री ,पसल संगै सिकर्मी डकर्मी लगायत साना व्यापारीकाे पनि पसल खुल्नुपर्न माग राख्दै प्रशासनलाई पत्र पठाएकाे छ।
लकडाउनका बेला संयमित भई प्रशासन कार्यालय कपिलवस्तुकाे निर्णय पालना गर्दे अाएका साना व्यवसायी अहिले मर्कामा पर्न थालेका कारण उद्योग वाणिज्य संघ कृष्णनगर शाखाले अतिअावश्यक पसल संगै ती व्यावसायीहरुकाे पनि पसल खाेल्न माग गरेकाे छ। संघले पटक पटक गुनासा अाएका कारण साना व्यावसायीहरुकाे पसल खाेल्न पहल गरिदिन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुलाई पत्र लेखेकाे अाशिष अग्रवालले जानकारी गराएका छन ।
त्यस्तै ढाई महिनाकाे लकडाउन व्यवसाय पुर्णरुपले धरासायी भएकाे अावस्थाकाे संघले जानकारी गराउन र अान्तरिक राजस्व कार्यालयले जेठ महिना भित्र कर बुझाउने गरेका सुचनालाई बढाउन अर्थ मन्त्रालयलाई पनि पत्र लेखी छुट सहित कर बुझाउने मिति समेत सार्न माग गरेकाे महासचिव घनश्याम दास अगवालले जानकारी गराउनुभएकाे छ।

Facebook Comments Box