११ किलो सुन प्रकरणमा महिमा पक्राउ
काठमाडौँ : दोलखामा बरामद भएको साढे ११ किलो सुन तस्करीमा संलग्न महिमा माझी पक्राउ परेकी छन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दोलखा बुझाइएको जनाएको छ। माझीले सुन तस्करीको रकम क्रिप्टोमार्फत विदेशमा भुक्तानी गर्दै आएको अनुसन्धानमा खुलेको छ।
उनीसँगै यो मुद्दामा पक्राउ पर्नेको संख्या १५ पुगेको छ। १५ मध्ये एक जना नाबालक भएकाले उनलाई तारेखमा छाडिएको छ। डेढ महिनाअघि दोलखाको उत्तरी नाका फलेकबाट तस्करी भई आएको ११ किलो ४५ तोला सुन प्रहरीले बरामद गरेको थियो।
Facebook Comments Box
