अफगानिस्तानलाई हराउँदै अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा, म्याक्सवेलको दोहोरो शतक

सेयर गर्नुहोस

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले हराएको छ।

गएराति अफगानिस्तानले दिएको २९२ रनको लक्ष्य अष्ट्रेलियाले ४६ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो।

अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले दोहोरो शतकीय पारी खेले। उनले २०१ रन बनाए । १२८ बलको सामना गरेका म्याक्सवेलले १० छक्का र २१ चौका प्रहार गरे।

जितसँगै अस्ट्रेलियाले विश्वकप क्रिकेटको सेमिफाइनलमा स्थान बनाएको छ।

पहिलो स्थानमा रहेर भारत र दोस्रो स्थानमा रहेर दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन्।

चौथो स्थानका लागि न्युजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।

Facebook Comments Box