आज यी स्थानमा सामान्य वर्षा र हल्का हिमपात
काठमाडौं : देशका पहाडी भूभागमा आंशिक बदली रहे पनि बाँकी भागको अहिले मौसम सामान्यतया सफा छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
महाशाखाका अनुसार आज राति देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा सामान्य हिमपातको सम्भावना छ।
Facebook Comments Box
