विजयनगर सातमा १३ जनाको आरडीटी पोजेटिभ

देवानन्द ठाकुर/ विजयनगर
ज्येष्ठ १९ । कपिलवस्तुको विजयनगर गाउपालिका वडा नं.७ को क्वारेनटाइनमा रहेका १३२ जनाको आरडीटी परिक्षण गर्दा १३ जनामा पोजेटिभ देखिएको छ । विजयनगर वडा नं.७ मा रहेको त्रिनेत्र आ. वि. सोनबर्षा र दत्तपुरको क्वारेन्टाइनमा भारतबाट आई बसेका थिए। त्यहाका स्वास्थ्य इन्चार्ज अ हे व राधेश्याम पालले जानकारी दिनुभएको छ।
आरडिटी पोजेटिभ आएकाहरुको बुधवार पिसीआर गर्ने तयारी रहेको वडाध्यक्ष दिनेश चौधरीले बताउनु भएको छ ।आरडिटी जाच भई नेगेटिभ आएकाहरुलाई सयमित भई बस्ने घर भन्दा बहिर नगई घरमै आइसोलेट रहने भनेर पालिका अध्यक्ष गोपाल बहादुर थापाले प्रशिक्षण गर्नु भएको छ।
Facebook Comments Box
