मारवाडी सेवा समितिद्वारा दशगजा मै खाना पुर्याउदै

सेयर गर्नुहोस

भारतले पनि बाटाेमा खाना,खाजा बांढेकाे भनाइ


कपिलवस्तु , जेष्ठ १५। मारवाडी सेवा समितिद्वारा भारतबाट नेपाल प्रवेश गर्ने श्रमिकहरुलाई खानापानी व्यवस्थापन निरन्तर गरिदै अाइएकाे छ।
जिल्लाकाे कृष्णनगर नगरपालिकामा रहेकाे मारवाडी सेवा समितिले विभिन्न बैकल्पिक बाटाे हुँदै नेपाल प्रवेश गरिरहेका नेपालीलाई हप्तौं देखि खाना व्यवस्थापन गरिदै अाएकाे समितिका अध्यक्ष मनाेज कुमार कानाेडियाले जानकारी गराउनुभएकाे छ। प्रतिदिन हजाराैं नेपाली दशगजा हुदै भित्रिदै गरेकाले भाेकै अाउने सबैका लागि खाना ,पानीकाे प्रबन्ध गरिएकाे छ साथै अन्न , तरकारी अथवा अरु केही अावश्यक समाग्री सहयाेग गर्न चाहने व्यक्तिहरु समितिसम्म पुर्याउन अध्यक्ष कानाेडियाले अाग्रह समेत गरेका छन । कृष्णनगर वडा ४ महादेव गाउंमा रहेकाे मन्दिर क्षेेत्र वरपर हुँदै जाने नेपालीलाई खाना ,नास्ताकाे व्यवस्था मिलाइएकाे समितिले बताएकाे छ। भारतबाट नेपाल अाउने नेपालिहरुका लागि भारतले पनि बाटाेमा खाना, खाजा व्यवस्था गरेकाे फर्किरहेका नेपालीहरु बताउँछन् ।
गाउंकै सर्वसाधारणले पकाउने देखि लिएर समाजिक दुरि बनाई खाना खुवाउनेसम्मकाे जिम्मा लिएका छन । साना बच्चाहरुका लागि दूध समेतकाे व्यवस्थापनमा लागेकाे कृष्णनगर नगरपालिका वडा ४ सिर्सिहवाका स्थानियहरु बताउंछन ।लकडाउनका बेला काम पनि नभएका कारण खाली समयमा हामी निशुल्क समाजसेवामा लागि परेकाे महादेव गाउंबासीहरुकाे भनाई छ।
भारतसंग सटेकाे जिल्लाकाे प्रमुख नाका कृष्णनगर भएकाले व्यक्ति हरुकाे चाप बढी छ तर पनि सिमा सुरक्षामा खटेका सशस्त्र प्रहरीले भाेकै अाउने नेपालीहरुलाई खाना र बस्ने स्थानमा पुर्याउदै गरेकाे प्रहरी नायब उपरिक्षक सुशील शाहीले बताउनुभयाे । मानविय संकटका बेला कृष्णनगर मारवाडी सेवा समितिले गरिरहेकाे कार्य अति नै सरहनिय रहेकाे शाहीकाे भनाई छ।

Facebook Comments Box